दफा १२
जानकारी दिनु पर्ने
(१) रोजगार सेवा केन्द्रमा दफा ११ बमोजिम निवेदन दिएको कुनै व्यक्ति दफा १६ बमोजिम रोजगारीको लागि सिफारिस नहुँदै निजी प्रयासमा अन्यत्र कतै रोजगारीमा संलग्न भएमा वा स्वरोजगारमा लागेमा वा यस ऐन बमोजिम प्रदान गरिने रोजगारीमा सहभागी हुन वा बेरोजगार सहायता प्राप्त गर्न इच्छुक नरहेमा सो कुराको जानकारी निजले यथाशीघ्र रोजगार सेवा केन्द्रलाई दिनु पर्नछ।

(२) उपदफा (१) बमोजिम कसैले जानकारी गराएमा रोजगार सेवा केन्द्रले त्यस्तो व्यक्तिको नाम बेरोजगार व्यक्तिको सूचीको अभिलेखबाट हटाउनु पर्नेछ।